Comments Add Comment

अब चीन जान पीसीआर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य

१७ कात्तिक, काठमाडौं । नोभेम्बर ४ देखि हवाई मार्ग मार्फत काठमाडौंबाट चीन जान चिनियाँ, नेपाली र अन्य विदेशी नागरिकले न्यूक्लिक एसिड (पीसीआर) र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने भएको छ ।

यसका साथै सिरम आइजीएम एन्टीबडी परीक्षणको नेगेटिभ रिपोर्ट पनि प्रस्तुन गर्नुपर्ने भएको छ ।

पछिल्लो समयमा चीन कोरोना भाइरस (कोभिड–१९) कमी आएपनि आयातीत केसको संख्या बढेको भन्दै चीन सरकारले सो नीति लागु गरेको हो । नेपाल बाहेक अमेरिका, रसिया र बेलायतमा पनि चीनले सो नियम लागु गरेको छ ।

जहाज चढनुभन्दा ४८ घन्टा अगाडि सम्बन्धित देशमा रहेको चिनियाँ राजदुतावासले तोकेको सेन्टरबाट सो रिपोर्ट प्राप्त गर्नुपर्ने नियम लागु गरिएको चीनको सरकारी सञ्चारमाध्यम ग्लोवल टाइम्सले उल्लेख गरेको छ ।

सो दुई सर्टिफिकेट प्राप्त गरेपनि स्वास्थ्य सम्बन्धी लोगोको लागि दुतावासमा निवदेन दिनुपर्छ । विशेषत रसियालाई लक्षित गरेर बनाइएको सो नियम अमेरिका, बेलायत, फ्रान्स, इटली र पोल्याण्डमा रहेका चिनियाँ दुतावासले सो प्रक्रिया कार्यान्वयन गरेको ग्लोवल टाइम्सले उल्लेख गरेको छ । नेपाल लगायत यि मुलुकहरुमा कोभिड–१९ को संख्यामा बृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment