Comments Add Comment

धनुषाका सीडीओलाई कोरोना संक्रमण

प्रदेश सांसद साहलाई पनि कोरोना संक्रमण

१७ कात्तिक, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि सीडीओ भट्टराईले शनिबार स्वाब दिएका थिए । आइतबार राति आएको रिपोर्टमा संक्रमण पुष्टि भएपनि आफूमा त्यस्तो कुनै लक्षण नरहेको भट्टराईले बताए ।

‘केही दिन यता जिउ दुःख्ने भएपछि परीक्षणका लागि स्वाब दिएको थिएँ,’ उनले भने, ‘तर अहिले ठीक छ । त्यस्तो कुनै लक्षण छैन् ।’

कोरोना पोजेटिभ देखिएपछि भट्टराई अहिले होम आइसोलेसनमा बसेका छन् । उनीमा कोरोना देखिएपनि कार्यालय भने सञ्चालन भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले आफूमा कोरोना संक्रमण देखिएपनि सेवा लिन आउने सेवाग्राहीका लागि कार्यालय सञ्चालनमै राखिएको बताए ।

प्रदेश सांसदलाई पनि कोरोना

यसैबीच प्रदेश २ का सांसद परमेश्वर साहमा पनि कोरोना संक्रमण देखिएको छ ।

जनता समाजवादी पार्टीका सांसद साहमा कोरोना देखिएपछि उनी पनि होम आइसोलेसनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment