Comments Add Comment

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु

Photo Credit : reuters

१८ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति पदको लागि मतदान सुरु भएको छ । मंगलबारको पहिलो भोट अमेरिकाको न्यु ह्याम्पशायरमा खसालिएको हो । यो राज्यको एक गाउँमा १२ जना मानिसहरुले मंगलबारको पहिलो मत खसालेका हुन् । त्यस्तै नेपाली समयअनुसार पौने चार बजे अमेरिकाको भर्मोन्टमा पनि मतदान सुरु भएको हो । यो राज्य डेमोक्रेटिक पार्टीको गढ मानिन्छ । सन् १९९२ पछि यहाँ प्रत्येकपटक डेमोक्रेटिक पार्टीका उम्मेदवारले जित्दै आएका छन् । भर्मोन्ट अमेरिकाको १३ राज्यमध्येको एक हो, जहाँ राष्ट्रपतिका साथै गभर्नरको लागि पनि निर्वाचन भइरहेको छ ।

अहिले भर्मोन्टमा रिपब्लिकन पार्टीका फिल स्कट गभर्नर छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीमा पनि उनी लोकप्रिय देखिएका छन् । उनी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कट्टर आलोचक हुन् । उनले यसअघि नै यो निर्वाचनमा ट्रम्पलाई भोट नदिने बताइसकेका छन् ।

अमेरिकाका फरक फरक राज्यमा टाइमजोन अनुसार फरक फरक समयमा निर्वाचन सुरु हुनेछ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment