Comments Add Comment

टेक्सासमा ट्रम्पलाई महत्वपूर्ण सफलता

१९ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनमाथि टेक्सासमा महत्वपूर्ण जित हासिल गरेका छन् ।

राष्ट्रपतिको दौडमा निर्णायक मानिएको यो राज्यमा जित हात पारेसँगै ट्रम्पले अहिलेसम्म २१२ इलेक्टोरल कलेज भोट पाएका छन् । यो राज्यमा उनले ३८ इलेक्टोरल भोट पाएका हुन् ।

टेक्सासमा ९३ प्रतिशत मत गणना सकिँदा ट्रम्पले ५२ दशमलव २ प्रतिशत भोट पाएका हुन् । बाइडनले भने ४६ दशमलव ३ प्रतिशत मत ल्याएका थिए । अहिलेसम्मको मतगणनाको नतिजामा अझै बाइडन ट्रम्पभन्दा अगाडि छन् ।

अहिलेसम्म बाइडनले २२३ इलेक्टोरल भोट पाएका छन् । अझै जर्जिया, पेन्सिल्भानिया, मिशिगन, विस्कोन्सिनलगायत निर्णायक राज्यको नतिजा आउन बाँकी छ । यद्यपि नतिजा आउन बाँकी अधिकांश निर्णायक राज्यको प्रारम्भिक नतिजामा ट्रम्प बाइडनभन्दा अगाडि छन् ।

स्रोत : न्युयोर्क टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment