Comments Add Comment

आईपीएल : एलिमिनेटरमा हैदरावाद र बैंगलोर आज खेल्दै

२१ कात्तिक काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टी-२० क्रिकेटमा आज प्लेअफअन्तर्गत एलिमिनेटर खेल हुँदैछ । जसमा लिग चरणमा तेस्रो स्थानमा रहेका सनराइजर्स हैदरावाद र चौथो स्थानमा रहेका रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

हैदरावाद र बैंगलोरबीचको खेल अबुधाबीस्थित शेख जायद स्टेडियममा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

यस खेलमा विजयी हुने टिमले फाइनल प्रवेशका लागि आइतबार दिल्ली क्यापिटल्ससँग दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित टोली बाहिरिने छ । दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो । दोस्रो क्वालिफायरको विजेता र मुम्बईबीच आगामी मंगलबार फाइनल खेल हुनेछ ।

लिग चरणमा उतारचढावपूर्ण प्रदर्शन गरेको हैदरावाद र बैंगलोरले समान ७ खेल जित्दा ७ खेलमा पराजित भएको थियो । लिगमा उत्कृष्ट सुरुवात गरेपनि बैंगलोरले पछिल्ला खेलहरुमा संघर्ष गरेको थियो । अर्कोतर्फ हैदरावादले भने अन्तिम ३ खेलमा शीर्ष टिमहरु बैंगलोर दिल्ली र मुम्बईलाई पराजित गरेको थियो ।

लिगको अन्तिम खेलमा मुम्बईलाई हराउनैपर्ने खेलमा हैदरावादले १० विकेटको जित हात पारेको थियो । हैदरावादले लिगको पछिल्लो ५ मध्ये ४ खेल जितेको थियो । उता बैंगलोरले भने लिगको पछिल्लो चार खेलमा हार बेहोरेको थियो ।

समूह चरणमा यी दुई टोलीले एक आपसमा २ खेल खेल्दा १-१ खेल जिते । हैदरावाद अष्ट्रेलिया खेलाडी डेविड वार्नर र बैंगलोर भारतीय कप्तान विराट कोहलीको कप्तानीमा मैदान उत्रनेछ । हैदारावाद जस्तै वार्नरले पनि पछिल्लो खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस आइपीएल : मुम्बई फाइनलमा, दिल्लीलाई अर्को मौका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment