Comments Add Comment

१२ केजी अफिमसहित दुईजना पक्राउ

२१ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश प्रहरीले रुकुम पश्चिमबाट १२ किलो लागुऔषध (अफिम)सहित दुईजनालाई पक्राउ गरेको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९, राडी बजारबाट शुक्रबार दुईजनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका-८, का ४६ वर्षीय मालबहादुर सिंह र सोही ठाउँका ६० वर्षीय कालीबहादुर सिंह रहेका छन् । उनीहरूलाई शुक्रबार बिहान पक्राउ गरिएको हो ।

उनीहरूलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष प्रहरी टोली, लागुऔषध ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम तथा इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरू आठबिसकोट राडी बजारस्थित धिरेन्द्र शाहको घरमा कोठा भाडामा बस्दै आएको र कोठाबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान र सोधपुछ भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment