Comments Add Comment

हाजार्ड र कासमिरोलाई कोरोना संक्रमण

२२ कात्तिक, काठमाडौं । स्पेनीस क्लब रियल मड्रिडका दुई खेलाडीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

इडेन हजार्ड र कासमिरोको कोरोना परीक्षण पोजेटीभ आएको गोल डटकमले जनाएको छ ।

क्लबले शुक्रबार बिहान खेलाडी र व्यवस्थापनका सबैको स्वाब संकलन गरेको थियो । उनीहरू दुई बाहेक बाँकी खेलाडी, व्यवस्थापन र उनीहरू प्रत्यक्ष सम्पर्कमा रहेका कर्मचारीहरूको भने रिर्पोट नेगेटिभ आएको बताइएको छ ।

बुधबार मात्रै हाजार्ड र कासमिरो रियलबाट इन्टरनेसनल क्लबसँग च्यापियन्स लिग खेलेका थिए । रियल मड्रिडले आइतबार राती ला लिगामा भ्यालेन्सियासँग खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment