Comments Add Comment

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

२३ कात्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-२ की ७० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि १७ गते अस्पताल भर्ना भएकी महिलाको शनिबार बिहान साढे ५ बजे मृत्यु भएको हो । अस्पतालले शनिबार राति ९ बजे विज्ञप्तिमार्फत ती महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमणले मृत्यु हुने संख्या ८२ र लुम्बिनी प्रदेशमा १९६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment