Comments Add Comment

बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु

२३ कात्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैना नगरपालिका –१ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा मृत्यु भएको हो ।

आइतबार बिहान साढे १० बजे कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार थालिएको तीन घण्टापछि आइतबार दिउँसो साढे १ बजे उनको मृत्यु भएको प्रवक्ता डा. विष्णु गौतमले बताए । उनी उच्च रक्त चापसम्बन्धी रोगबाट ग्रसित थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ८३ र लुम्बिनी प्रदेशमा १९७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment