Comments Add Comment

एसीएफद्वारा ५८ लाख बराबरको केएन ९५ मास्क हस्तान्तरण

२४ कात्तिक, काठमाडौं । एक्सन अगेंष्ट हंगर (एसीएफ)नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तथा समाज कल्यान परिषदसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५८ लाख बराबरको केएन९५ मास्क हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड- १९) महामारीबीच संक्रमितको पहिचान र उपचारमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागी उक्त मास्क सहयोग स्वरुप प्रदान गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा विभाग, टेकुमा सोमबार आयोजित एक कार्यक्रमबीच विभागका महानिर्देशक डा. दिपेन्द्र रमन सिंहलाई एक्सन अगेंष्ट हंगर नेपालका निर्देशक फिलिप हामेलले मास्क हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य सेवा विभाग अन्र्तगत व्यवस्थापन विभागका निर्देशक डा. रमेश खरेलका साथै महत्वपूर्ण सरकारी प्रतिनिधिहरु, एक्सन अगेंष्ट हंगर नेपालका कर्मचारीहरु तथा मिडियाकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रम  नेपाल सरकारतथा विश्व स्वास्थ्य संगठनद्वारा तोकिएको कोभिड-१९ सम्बन्धि संक्रमण रोहथाम तथा नियन्त्रणका उपायहरुलाई पालना गरी सम्पन्न गरिएको थियो ।

कार्यक्रममा व्यवस्थापन विभागका निर्देशक डा. रमेश खरेलले एक्सन अगेंष्ट हंगर नेपाललाई कोभिड-१९ महामारीले पारेको असरलाई न्यूनीकरण गर्न देखाएको अग्रसरता तथा तदारुकताको लागी स्वास्थ्य सेवा विभागको तर्फबाट कृतज्ञता व्यक्त गरे र साथै हस्तान्तरित मास्कहरुको माग र आवश्यकता अनुरुप प्रयोगमा ल्याइने आश्वासन पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment