Comments Add Comment

बारामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

२५ कात्तिक, वीरगञ्ज । बारामा सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । करैयामाई गाउँपालिका-३ गालोपटीका २२ वर्षीय सन्देश साह तेली र रौतहट मनहर्वा बस्ने २८ वर्षीय मायाराम महतोको मृत्यु भएको हो ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको र शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

दुर्घटनामा परी करैयामाई-३ बजनीका २३ वर्षीय अरमान हवारी गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सोमबार राति १२ : ४० बजे बारा पचरौता नगरपालिका-९ स्थित नहरको बाटोमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरको नम्बर नखुलेको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
अनियन्त्रित भई मोटरसाइकल तियर खोलामा खस्न गई चालक मायारामको घटना स्थलमा नै मृत्यु भएको थियो ।

महागढीमाई नगरपालिका-९ कन्चनपुर ससुरालीबाट सिम्रौनगढ जाँदै गरेको उनी गन्तव्यमा नपुगेपछि खोजी सुरु गरिएको थियो । खोज्दै जाँदा तियर खोलामा शव भेटिएको थियो ।

सोमबार राति पौने १० बजे पिपराबाट तर्फ तेतरिया जाँदै गरेको ना २२ प ६८५४ नं.को मोटरसाइकल करैयामाई गाउँपलिका-५ तेतरियास्थित पक्की पुलमा ठोक्किएको थियो ।

मोटरसाइकलमा सवार दुईजना पुलमुनि पानीमा खसेका थिए । उनीहरुलाई तत्काल उद्दार गरेर उपचारका लागि कलैया अस्पताल पुर्‍याइएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका करैया गाउँपालिका-३ गालोपटी बस्ने २२ वर्षीय सन्देश साह तेलीको कलैया अस्पतालमा उपचारको क्रममा १०ः५५ बजे मृत्यु भएको थियो ।

अर्का गम्भीर घाइते करैयामाई गाउँपालिका-३ बजनी बस्ने २३ वर्षीय अरमान हवारीको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment