Comments Add Comment

रोहित शर्मा बने २०० आईपीएल खेल खेल्ने दोस्रो खेलाडी

काठमाडौं । भारतीय क्रिकेटर रोहित शर्मा इन्डियन प्रिमियर लिग (आईपीएल )मा दुई सय खल खेल्ने दोस्रो खेलाडी बनेका छन् ।

युएईमा भइरहेको १३औं संस्करणको आईपीएलको फाइनल खेलेसंगै रोहितले दुई सय खेल पुरा गरेका हुन् । उनी आईपीएलमा दुई सय खेल खेल्ने रोहित दोस्रो खेलाडी हुन् ।

यसै सिजन चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले २०० आइपीएल खेल खेल्ने पहिलो खेलाडी बनेका थिए । चेन्नाई लिग चरणबाटै आउट भएपनि धोनीले आईपीएलमा सर्वाधिक २०४ खेल खेलिसकेका छन् ।

३३ वर्षीय रोहितले अहिलेसम्म दुई टिमबाट आइपीएल खेलेका छन् । सन् २००९ मा डेक्कन चार्जर्सबाट खेल्दै उपाधि जितेका रोहितले मुम्बई इन्डियन्समा गएपछि चार पटक उपाधि जितिसकेका छन् र चारै पटक उनी कप्तान थिए ।

धोनी र रोहितपछि आईपीएलमा सर्वाधिक खेल खेल्नेमा कोलकता नाइट राइडर्सका विकेटकिपर दिनेश कार्तिक छन् । दिनेशले १९६ खेल खेलेका छन् ।

चौथो स्थानमा रहेका सुरेश रैनाले १९३ खेल खेलेका छन् । यस सिजन रैनाले आईपीएल नखेलेपछि धोनीले रैनाको कीर्तिमान तोडेका थिए ।

यस्तै विराट कोहलीले १९२,  रोविन उथाप्पाले १८९, रविन्द्र जडेजाले १८४ खेल खेलेका छन् । मुम्बई विरुद्ध फाइनल खेल्दै शिखर धवनले १७६ खेल खेले । युसुफ पठानले १७४ खेल खेलेका छन् । सर्वाधिक खेल खेल्ने सूचीमा शीर्ष दशको दशौँ स्थानमा रहेका एबी डे भियर्सले १६९ खेल खेलेका छन् । रोएल च्यालेन्जर्सबाट खेल्दै आएका डे भिलियर्स आईपीएलमा धेरै खेल खेल्ने विदेशी खेलाडीमा अघि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment