Comments Add Comment

सिराहाका दुई जना कोरोना संक्रमितको मृत्यु

२६ कात्तिक, जनकपुरधाम । सिराहाका दुई जना काेराेना संक्रमितको उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका बरिष्ठ चिकित्सक डाक्टर कमलेश यादवका अनुसार जिल्लाकाे धनगढीमाई नगरपालिका-४ का ७० वर्षका पुरूष र बिष्णुपुर गाउँपालिका-२ का ३५ वर्षका पुरूषकाे उपचारको क्रममा मृत्यु भएको हो ।

उनका अनुसार ७० वर्षका पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३५ वर्षका पुरुषको विराट अस्पताल विराटनगरमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि धरान गएका ७० वर्षका पुरुषमा गत कात्तिक १७ गते र ३५ वर्षका पुरुषमा कात्तिक १९ गते कोरोना पोजेटिभ देखिएकाे यादवले बताए ।

रिपोर्ट पोजेटिभ देखिएपछि आइसाेलेसनमा राखेर उपचार गर्ने क्रममा दुवै जनाको मृत्यु भएको डाक्टर यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment