Comments Add Comment

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु

२३ कात्तिक, काठमाडौं । चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–२ का ५५ वर्षीय पुरूषको उपचारको क्रममा बुधबार मध्यान्ह १२ः२ बजे मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या आएपछि मेडिकल कलेजमा भर्ना भएका उनीमा २१ कात्तिकमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमित पुरूषलाई कलेजको कोभिड कक्षको आईसीयूमा राखेर उपचार गरिएपनि बचाउन नसकिएको अस्पतालका निर्देशक प्राध्यापक डा. दयाराम लम्सालले बताए । डा. लम्सालका अनुसार उनी उच्च रक्तचाप र मधुमेहबाट पनि ग्रसित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment