Comments Add Comment

यूएनएफपीएद्वारा तथ्यांक विभागलाई सूचना प्रविधि उपकरण हस्तान्तरण

२६ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले केन्द्रीय तथ्यांक विभागलाई सूचना प्रविधिसम्बन्धी उपकरण हस्तान्तरण गरेको छ ।

नयाँ संविधान र संघीय संरचनाअन्तर्गतको पहिलो जनगणनाका रुपमा आगामी जेठ–असारमा हुने १२ औँ राष्ट्रिय जनगणनामा सहयोग पुग्ने विश्वासका साथ यूएनएफपीएले तथ्यांक विभागलाई सूचना प्रविधिसम्बन्धी उपकरण हस्तान्तरण गरेको हो ।

तथ्यांक विभागलाई उपलब्ध गराइएको उपकरणहरुमा पावर ब्यांक र आवश्यक सहायक सामग्रीसहित दुई हजार २५० वटा ट्याब्लेट, ३५ वटा ल्यापटप, ४७ वटा डेस्कटप कम्प्यूटर, पाँच वटा घुम्ती वर्कस्टेसन, एक थान सर्भर, हाइ रिजोल्युसनका तीन वटा प्रिन्टर र आवश्यक सफ्टवेयर लाइसेन्सहरु छन् । यूएनएफपीएले उपलब्ध गराएका उक्त उपकरणहरु करिब ७ करोड २० लाख मूल्य बराबरका छन् ।

यूएनएफपीएले यी उपकरणहरुको खरिद बेलायत सरकार (यूकेएड) को अनुदानमा गरेको हो ।
हस्तान्तरण गरिएको उपकरणले उच्च प्रविधिजन्य मापदण्ड अनुरुपको गणना तथ्यांक उत्पादन गर्न विभाग सक्षम हुने विश्वास यूनएफपीएले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment