Comments Add Comment

धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

२६ कात्तिक, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान–१४ का ७३ वर्षीय वृद्धको बुधबार बिहान १०ः१५ बजे मृत्यु भएको हो ।

कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएका उनी प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक २६ गते भर्ना भएका थिए । डा. श्रेष्ठका अनुसार उनी हाइपरटेन्सनसम्बन्धी रोगका बिरामी पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment