Comments Add Comment

उपप्रधानमन्त्री पोखरेलद्वारा ‘एक्सन रुम’को निरीक्षण

२६ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’को निरीक्षण गरेका छन् ।

अवलोकन तथा निरीक्षण पश्चात उपप्रधानमन्त्री पोखरेलले ‘एक्सन रुम’बाट हाल भइरहेका समग्र गतिविधि, सञ्चालनमा देखापरेका समस्या र प्रभावकारी कामका निम्ति तत्काल सुधार गर्नुपर्ने सवालमा चासो व्यक्त गरेको पोखरेलको सचिवालयले जनाएको छ ।

त्यसअवसरमा उनले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन तथा त्यसमा देखा परेका समस्या समाधानका लागि एक्सन रुमको उपयोग गरिने बताए । ‘नतिजामुखी परिणाम दिने गरी तत्काल समस्याहरुको समाधानसहित एक्सन रुमको प्रभावकारी सञ्चालन गर्नका लागि कार्ययोजना बनाउनुस्’, पोखरेलले त्यहाँका कर्मचारीलाई भनेका छन् ।

पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्र्तगतको नतिजा व्यवस्थापन शाखाका सचिव डा. तीर्थ ढकालले ‘एक्सन रुम’को बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment