Comments Add Comment

प्लास्टिकका भाडाको प्रयोग बढ्दा पुर्ख्यौली पेशा संकटमा

२९ कात्तिक, वीरगञ्ज । प्लाष्टिकको भाडा प्रयोग बढेसँगै माटोको भाँडो बनाउने कुमालेहरुको पुर्ख्यौली पेशा संकटमा पर्न थालेको छ ।

घैंटो, दियो, कलश, ढकिया लगायत माटोको भाडा बनाएर उनीहरुले जिविकोपार्जन गर्दै आएका थिए । तर पछिल्लो समय प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, लगायतका समानमा मानिसहरुको आकर्षण बढेको छ भने तिहारमा पनि मैनबत्ति र झिलिमिली बत्तिकै प्रयोग बढेको छ ।

प्लास्टिक र धातुका भाडाले माटोका भाडाको व्यापार खाइदिएकाले पुर्ख्यौली पेशा संकटमा पर्दै गएको कुमालेहरु बताउँछन् ।

यसवर्ष दिपावलीमा पनि दियोको बजार खासै नफष्टाएको वीरगञ्ज रामगढवाका बद्री पण्डित कुमाल बताउँछन् ।

चार दिनका लागि तीन हजार भाडा तिरेर जमिन भाडामा लिएर पसल लगाउँदा समेत दियो बिक्री नहुँदा उनी चिन्तित छन् । ‘अघिल्लो वर्ष दुई दिन पहिले नै सबै दियो बिक्री भइसकेको थियो, यसपाली खासै बिक्री भएको छैनु उनले भने ।

पर्सागढी नगरपालिका दरदरवाका कृष्ण पण्डित १५ वर्षदेखि सिजनमा दियो, कलश बनाएर बेच्दै आएका छन् । तर जिविकोपार्जन नहुने भएपछि अन्य समयमा राजमिस्त्रीको काम गर्दै आएका छन् । ुमाटोको भाडाहरु बनाउन त आउँछ, तर खासै बिक्री हुँदैन । त्यसले सिजनमा मात्रै बनाउँछुु उनले भने ‘बाँकी समय राजमिस्त्रीको काम गर्छु ।’

वीरगञ्ज रानीघाटका रमेश पण्डित पनि अघिल्लो वर्षभन्दा यसवर्ष व्यापार खस्किएको बताउँछन् । ‘साहुबाट कर्जा लिएर काम गरे, तर व्यापार छैन’ उनले भने ।

माटोका समान स्वदेशमै उत्पादन हुन्छ । तर विदेशबाट आयात गरिने सामाग्रीमा मानिसको आकर्षण बढेको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङकले समेत देखाउँछ ।

माटोको दियो बाल्न छोडेर मानिसहरु अहिले बिजुलीको झिलिमिली बत्तितर्फ आर्कषित भइरहेका छन्, जसले गर्दा करोडौंको बिजुली बत्ति आयात हुने गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत बिमल साहले चालु आर्थिक वर्ष २०७७र७८ को साउन यता मात्रै २५ करोड २५ लाख रुपैयाँ बराबरको बत्ति आयत भइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment