Comments Add Comment

‘डिसेम्बर ११ बाट अमेरिकीले पाउन सक्छन् कोरोना खोप’

Photo Credit : Reuters

८ मंसिर, काठमाडाैं । अमेरिकामा डिसेम्बर ११ वा १२ मा कोरोना खोपले मान्यता पाउने अमेरिकाको संघीय खोप विकास कार्यक्रमका प्रमुख मोन्सेफ स्लाओईले बताएका छन् । उनले अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रिेसन (एफडीए)ले आपतकालीन प्रयोगका लागि अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायो एनटेकले निर्माण गरेको खोपलाई अनुमति दिएको दुई दिनपछि स्लाओईको यस्तो भनाइ आएको हो । आपतकालीन प्रयोगका लागि अनुमति दिइएको यो खोप कोरोना संक्रमण रोक्न ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ । अर्को अमेरिकी कम्पनी मोडेर्नाले निर्माण गरिरहेको खोप पनि ९४ दशमलव ५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ ।

विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार एफडीएका खोप अधिकारीहरुले नयाँ खोपलाई अनुमति दिने विषयमा डिसेम्बर ८ देखि १० सम्ममा बैठक बस्दैछन् । ‘हाम्रो योजना अनुमति पाएको २४ घण्टाभित्र खोपलाई खोप केन्द्रमा पुर्‍याउने छ’, स्लाओईले भने । उनका अनुसार अनुमति पाएको दोस्रो दिनबाट अमेरिकामा मानिसहरुले खोप पाउन थाल्नेछन् ।

अमेरिकामा कोरोनाका एक करोड २० लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या पनि दुई लाख ५५ हजार नाघिसकेको छ । पछिल्लो समय कोरोना संक्रमित र मृतकको संख्या बढेसँगै अमेरिकाका विभिन्न राज्यमा सामाजिक गतिविधिमा प्रतिबन्धका विभिन्न नियमहरु लागू गरिएको छ । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषत्र डाक्टर एन्थोनी फाउचीले पछिल्लो समय ठूलो संख्यामा मानिसहरु भ्रमणको लागि निस्किएको विषयमा चिन्ता व्यक्त गरेका छन् । यसले अमेरिकालाई अहिलेको भन्दा पनि जटिल अवस्थामा पुर्‍याउन सक्ने उनको भनाइ छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment