Comments Add Comment

एक महिनाभित्र नागरिकहरुमा कोरोना खोप पुर्‍याउने फ्रान्सको तयारी

१० मंसिर, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले मंगलबार यस वर्षको अन्तिमसम्म आफ्ना नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप उपलब्ध बनाउने तयारीमा रहेको बताएका छन् । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै उनले खोप आएसँगै व्यापक मात्रामा खोप कार्यक्रम चलाइने बताएका हुन् ।

यद्यपि म्याक्रोँले मुलुकमा खोप लगाउनु अनिवार्य भने नगरिने बताए । अहिले युरोपका सरकारहरु एक दशककै सबैभन्दा ठूलो खोप कार्यक्रमको अवधारणा अघि सारिरहेका छन् । यद्यपि फ्रान्समा यो काम त्यति सजिलो भने छैन् । फ्रान्सका नागरिकहरु खोपमा सबैभन्दा कम विश्वास राख्छन् ।

एक अध्ययनका अनुसार फ्रान्सन्सका ५९ प्रतिशत मानिसले नियामकबाट अनुमति पाए कोरोना खोप लगाउने बताएका थिए । जबकी अमेरिकामा यो संख्या ६७ प्रतिशत थियो ।

म्याक्रोँले मुलुकमा एक वैज्ञानिकहरुको समुहले खोप कार्यक्रमको अनुगमन गर्ने र यसमा पारदर्शिता सुनिश्चित गर्न नागरिकहरु पनि समावेश हुन सक्ने बताए । पछिल्लो समय युरोपमा पुनः कोरोना संक्रमण बढ्दो क्रममा देखिएको छ ।

स्रोत :रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment