Comments Add Comment

‘भाइबर हिरोज’ प्याकेजको घोषणा

१४ मंसिर, काठमाडौं । पैसा नलाग्ने र सहज सञ्चार आदान प्रदानका लागि विश्वको अग्रणी एपहरुमध्येको एक राकुटेन भाइबरले १४ शृंखलाको एक लघु वृत्तचित्रको साथमा आफ्नो ‘भाइबर हिरोज’ प्याकेजको घोषणा गरेको छ । उक्त वृत्तचित्रले बितेका वर्षहरुमा भाइबरको प्रयोग गरेर विश्वभरका मानिसहरुले आफ्नो जीवनमा कसरी परिवर्तन ल्याउन सफल भए भन्ने सम्बन्धमा वास्तविक कथाहरु समेटेको छ ।

प्रयोगकर्ताहरुले वर्षैभरी अर्थपूर्ण सम्बन्ध बनाइराख्न भाइबर प्रयोग गरिरहेकै कारणले भाइबर विश्वकै सर्वाधिक प्रयोग हुने मेसेजिङ्ग एप बन्न सफल भएको र तसर्थ भाइबर विश्वकै एक प्रमुख कम्पनीको रुपमा उन्नति पाएको उत्सव पनि भाइबरको दशौं वाषिर्कोत्सवले प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।

१० वर्षअघि आफ्नो पदार्पण भएदेखि भाइबरले भिओआइपी कल, ग्रुप भिडियो च्याट, रमाइलो स्टिकरहरु र प्रयोगकर्ताको डाटा गोपनीयता संरक्षण गर्न पूर्व निर्धारित उच्च स्थरको सुरक्षाका प्रोटोकलहरु जस्ता विशेषताहरु पहिलो पटक उपलब्ध गराएर एक नयाँ आयाम रच्न सफल भइसकेको छ ।

भाइबरले आफ्ना हिरोहरुको व्यक्तिगत कथाहरु १४ वटा छोटो भिडियोहरुको शृंखलामा उतारेर उत्सव मनाउँदैछ । यी हिरोहरु रुस, अल्जेरिया, इराक, बुल्गेरिया, ग्रीस, सर्बिया, युक्रेन, नेपाल, श्रीलँका र फिलिपिन्सका रहेका छन् ।

यी हिरोहरु फरक उमेर समुहका र फरक पृष्ठभूमिका छन्, भाइबरमा आफ्नो कोही प्रीय साथिसँग भेट भएकोदेखि लिएर पुराना साथीहरुसँग सम्पर्कमा रहिरहेकोदेखि यस प्लेटर्फम एक सहायताको स्रोत बन्न पुगेको जस्ता कथाहरु यस शृंखलाले सुनाउँछ ।

· नेपालः अविनाश केही वर्ष पहिले अष्ट्रेलिया गएका थिए र उन्लाई नेपाल फर्केर आउने मौका नै मिलेको थिएन । यो पटक उसलाई नेपाल आउने मौका मिलेको थियो र यसैले ऊ यस वर्ष आˆनी आमाको जन्मदिनमा आमालाई सप्राइज दिने भनेर उत्साहित थियो तर त्यस्तैमा कोभिड-१९ आइदियो । यसैले निरुत्साहित हुनुभन्दा अविनाशले आˆनी आमालाई भाइबर ग्रुप भिडियो कलबाट जन्मदिनमा मीठासपूर्ण जन्मदिनको बधाई दिएर अचम्भित पार्ने योजना बनायो । त्यो विशेष दिन मनाउन लकडाउनकै बीचमा पनि उनीहरुका साथीभाइहरु र परिवार भाइबरमा भेला भएका थिए ।

· युक्रेनः देशभर लकडाउन भएकोले सार्वजनिक यातायातका साधनहरु बन्द भएका बेला युक्रेनका डक्टरहरुलाई काममा जानु जरुरी थियो । यरोस्ल्याभ कुरेजा, जो आकस्मिक तथा विपद् मेडिसिनका लागि किभ सेन्टरका डक्टर थिए, उनले भाइबर मार्फत् डक्टरहरुलाई सशक्त बनाउन एक ‘टेक द मेडिक’ कम्युनिटी नै खडा गर्नु भयो । यस पहलले स्थानीय भाइबर कम्युनिटीमा १०,००० भन्दा बढी सदस्यहरु भए, जो एक आपसलाई आवश्यक पर्दा सहयोग गर्छन् । यो समुह अहिले सार्वजनिक यातायात सुचारु भैसकेपछि पनि सक्रिय रुपले काम गरिरहेको छ ।

· बुल्गेरियाः यस वर्षको प्रारम्भमा महामारीको दौरानमा बुल्गेरियाको “बुर्गास मेन हस्पिटल”मा जन्मिएको आफ्नो नवजात शिशु हेर्न उनीहरुको अभिभावकहरुलाई मात्र भाइबर एक माध्यम भएको थियो । त्यसैले नवजात शिशु विभागका कर्मचारीले भिडियो कललाई सुविधाजनक बनाउन र सहयेाग गर्न तथा उनीहरुका बालबच्चाबाट अलग भएका मातापिताहरुलाई आश्वासन दिन व्यवस्था भाइबरद्वारा मिलाए ।

· रुसः एलीना एक अपाङ्गता भएको बच्चाको आमा हुन्, जसले विरलै घर छाड्न सक्छिन् । भाइबरको मद्दतले उनले बागवानी कम्युनिटी बनाउन शुरु गरिन्, जसमा अहिले नै २००० सदस्यहरु आबद्ध भइसकेका छन्। उन्को कम्युनिटी मार्फत एलीनालेबोट विरुवाहरु र फूलहरु हुर्काउँछिन्, आफ्नो बागवानीको अनुभव अरुहरुसँग सेयर गर्छिन् र यसैले उनलाई यस कठिन समयको सामना गर्न मद्दत गरेको छ ।

· श्रीलँकाः सन् २०१५ मा गयानले आफ्नो जीवनकै सबैभन्दा महत्वपूर्ण व्यक्ति गाविन्दिसँग भेटे । उसले उनलाई पहिलो पटक उनीहरुको कार्यालय परिसरमा देखेको थियो, तर हेलो भन्न अति नै लजाएको थियो । अन्त्यमा, उसले उन्लाई भाइबरमा एउटा स्टिकर पठायो र उसलाई अचम्म तुल्याउँदै उनले पनि त्यसको प्रत्युत्तर पठाइन् । अन्ततः सन्देशहरु आदान प्रदान गर्ने क्रम बारम्बार चल्दै गयो र २ वर्षपछि उनीहरु लगन गाँठोमा बाँधिए ।

· इराकः शीलान्, एक समर्पित शिक्षिका, जसले महामारीको दौरानमा घरबाट नै सबै उमेरका विद्यार्थीहरुलाई पढाउने कार्यलाई निरन्तरता दिइन् । उनलेविश्वव्यापी भएको महामारीको अवधिमा पनि अभिभावकहरु र विद्यार्थीहरुसम्म आफ्नो ज्ञान पुर्‍याउन एक नवीन उपायको पत्ता लगाउँदै पाठहरु र क्रियाकलापहरुलाई सहजीकरण गर्न भाइबरमा एक कम्युनिटी बनाइन् ।

‘हामी वास्तवमै बितेको १० वर्षमा हाम्रो प्लेटर्फमले प्राप्त गरेको सफलता हाम्रो विश्वभरका ती वास्तविक भाइबर प्रयोगकर्ताहरु प्रति समर्पित र्छाैँ, जो अरुसँग जोडिनलाई भाइबर प्रयोग गर्दछन् । भाइबरमा हुने हरेक च्याटको पछाडि एउटा वास्तविक कथा छ । हामी हाम्रा प्रयोगकर्ताहरुलाई माया गर्छौं र हामी उनीहरुको दैनिक जीवनको एक हिस्सा बन्न पाएकोमा खुशी छौं । हामी मार्फतमानिसहरुले आनन्द, खुशीयाली र कहिलेकाँही पिडादायी क्षणहरु-अर्को शब्दमा वास्तविक भावना साटासाट गरि साझा गर्न समर्थ भएकोले हाम्रो कार्यलाई अर्थपूर्ण बनाइदिन्छ । हामी हाम्रो यात्रालाई निरन्तर जारी राख्न प्रतिबद्ध छौं अनि आभार पनि व्यक्त गर्दछौं,’ राकुटेन भाइबरका चिफ ग्रोथ अफिसर आना जमेंन्स्कायाले भने ।

भाइबर हिरोजको सम्पूर्ण शृँखलाहरु  यो लिंकमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment