Comments Add Comment

बारामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

१७ मंसिर, वीरगञ्ज । बारामा सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । पचरौता नगरपालिका–८ बस्ने प्रेमनारायण चौधरीको १७ वर्षीया छोरी गान्धीकुमारी चौधरीको मृत्यु भएको हो ।

कलैयाबाट बरियारपुरतर्फ जाने क्रममा मंगलबार मध्यान्ह १२ः१० बजे कलैया उपमहानगरपालिका–४ मैदा मिल नजिकै दुर्घटना भएको थियो । प्रदेश नम्बर २–०३–००६ प. ९३८५ नम्बरका मोटरसाइकलको पछाडि बसेकी उनी मोटरसाइकलबाट खसेकी थिइन् ।

मोटरसाइकलबाट खसेकी उनलाई पछाडिबाट आइरहेको ना.४ ख.२९२३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । घाइते अवस्थामा उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लगिए पनि उपचारको क्रममा १२ः४५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

त्यस्तै मंगलबार नै भएको अर्को सवारी दुर्घटनामा एकजना घाइते भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका– १६ पूर्वपश्चिम राजमार्ग टागिया टाँगिया बस्ती जाने बाटोमा दुर्घटना भएको हो । रौतहट चन्द्रपुर–५ बस्ने ३० बर्षिय महेशनाथ चौधरी घाईते भएका हुन् । उनको निजगढ स्थित नेसनल मेडिकलमा उपचार भईरहेको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.४४ प.२५८२ नम्बरको मोटरसाइकललाइ सोही दिशाबाट आउँदै गरेको प्रदेश नं.२–०३–००७ प ३१६९ नं.को मो.सा.ले पछाडीबाट ठक्कर दिएको थियो । चौधरी ना.४४ प.२५८१ नम्बरको मोटरसाइकल चालक हुन् । उनको हात फ्याक्चर भएपनि स्वास्थ्य अवस्था मध्यम रहेको मेडिकललाई उदृत गर्दै प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको चालकलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment