Comments Add Comment

३ घन्टा प्रहरी नियन्त्रणमा बसेपछि रिहा भए रामचन्द्र पौडेल

१७ मंसिर, पोखरा । निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडेको हो ।

ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा  उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका थिए ।

उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको तनहुँ प्रहरी प्रमुख अरुण पौडेलले अनलाइनखबरलाई जानकारी दिए । ‘समन्वय प्रमुखको रोहबरमा रिहा गरेका छौं,’ एसपी पौडेलले भने ।

पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन गरेको थियो । सरकारको विरोध र टायर बाल्दै रिहाई मागमा प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरेको थियो । रिहा  भएपछि वरिष्ठ नेता पौडेलले दमौलीस्थित नेपाली कांग्रेस जिल्ला समितिको कार्यालयमा पुगेर सम्बोधन गर्ने कार्यक्रम राखेका छन् ।

यो पनि पढ्नुहोस पक्राउ पर्नुअघि पौडेलले भनेका थिए : यो सीडीओ को हो ? त्यसलाई समातेर छाड्छौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment