Comments Add Comment

सहुलियतपूर्ण ऋण लगानीले रोजगारी र उत्पादन वृद्धिमा सघाउँछ : मुख्यमन्त्री पौडेल

१८ मंसिर, हेटौंडा । रोजगारी र उत्पादनको क्षेत्रलाई बलियो बनाउनका लागि बागमती प्रदेश सरकारले बैंकसँग सम्झौता थालेको छ । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको संयोजनमा सरकारले बैंकसँग सहुलियत पूर्ण ऋण प्रवाह गर्दै रोजगारी र उत्पादनलाई बलियो बनाउने अभियान थालेको हो ।

सरकारले नेपाल राष्ट्र बैंक, कृषि बिकास बैंक, साना किसान लघुवित्त बैकसँग पहिलो चरणमा सम्झौता गरीएको सरकारकय प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले बताए ।

प्रदेश सरकारले विनियोजन गरेको ३ अर्ब रुपैयाँको कोषलाई बैंकमार्फत अधिकत्तम ३ प्रतिशतको सहुलियतपूर्ण व्यजदरमा वितरण गदै रोजगारी र उत्पादनको क्षेत्रलाई बलियो बनाउने गरी सम्झौता गरिएको बताइएको छ ।

सम्झौतामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहुलियतपूर्ण ऋण लगानी प्रदेशको आर्थिक रुपान्तरणको महान योजना रहेको बताए । उनले अभियान सही ढंगबाट कार्यान्वयन भएमा रोजगार र उत्पादन वृद्धिमा ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री पौडेलले विगतमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा अन्य निकायहरुबाट उत्पादन तथा रोजगार वृद्धिका लागि भनेर गरिएको लागनी खेर गएको बताउँदै सहुलियतपूर्ण ऋणको कार्यक्रमले अनावश्यक लगानीलाई रोक्ने र वास्तविक उद्यमीहरुले मात्र रकम लिने बताए ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सरकारको तीनखम्बे अर्थनीतिको सफल कार्यान्वयन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीको अवधारणालाई पूरागर्न वित्तीय संस्थाहरुसँगको सम्झौता अघि सारिएको बताए ।

कार्यक्रममा नेपाल बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, साना किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवप्रसाद कोइराला लगायतले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment