Comments Add Comment

पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

१९ मंसिर, काठमाडौं । कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-८ की ६६ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । डा. शर्माका अनुसार उनीमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १६३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment