Comments Add Comment

स्वयम्भु बचाउ अभियानद्वारा दीप प्रज्वलन

२० मंसिर, काठमाडौं । कलंकी–चाबहिल सडक विस्तारको क्रममा विश्वसम्पदामा सूचिकृत संरचना भत्काउन लागेको भन्दै स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले विरोधस्वरुप दीप प्रज्वलन गरेको छ । अभियाननले स्वयम्भु, बौद्ध र लुम्बिनीमा शनिबार साँझ पाँच बजे एक साथ दीप प्रज्वलन गरेको हो ।

विश्वसम्पदामा सूचिकृत स्ययम्भु क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र साङ्गे तोङ्कु (हजार मुर्ति सहितको स्तुपा) समेत भत्काउन लागेकाले आफूहरू विरोध गरेको अभियानका अध्यक्ष आचार्य नोर्बु शेर्पाले जानकारी दिए ।

स्वयम्भु क्षेत्रभित्रका हातेमणि र हजार बुद्ध सहितको ७५ फिटको अग्लो विशाल नमुना बौधिचैत्य सहितको पर्खाल भत्काउने कार्य धार्मिक–सांस्कृतिक सम्पदा संरक्षण विरोधी भएकाले तत्काल रोक्नुपर्ने अभियानको माग छ ।

दुई हप्ते विरोध कार्यक्रम घोषणा गरेको अभियानले २७ मंसिरमा स्वयम्भु परिसरमा शान्पिूर्ण मौन र्याली गर्ने भएको छ । प्रधानमन्त्री सहित विभिन्न निकायलाई ज्ञापनपत्र बुझाउने र मंसिर महिनाभरी हस्ताक्षर अभियान सञ्चालन गरिने अभियानले जनाएको छ ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment