Comments Add Comment

एटेण्ड एपले आफूसँग आबद्ध राइडरको निःशुल्क कोरोना परीक्षण गर्ने

काठमाडौं । तेस्रो पक्षको बिमासहितको बहुआयामिक सुविधा सहित सञ्चालनमा आएको राइड सेयरिङ एप्लिकेसन एटेण्ड एप आफू मातहत सेवा दिने सबै राइडरहरुको नि:शुल्क कोरोना टेष्ट गरिदिने भएको छ ।

बिध ल्याबसँगको सहकार्यमा एपमा नयाँ जोडिन चाहने र जोडिइसकेका चालकहरुको आइतबारदेखि निःशुल्क कोरोना परीक्षण गर्ने तयारी गरिएको एटेण्ड एपका सञ्चालक भिमकान्त भण्डारीले जानकारी दिए ।

दुई पांग्रे सवारी एवं चार पांग्रे सवारीमा कार, जिप, एम्बुलेन्स, शववाहन, ट्याक्सी जस्ता विविध साधनलाई आफ्नो सेवाको सूचीमा राखेर गत मंगलबारबाट सुरु भएको एटेण्ड एपले आफूसँग आबद्ध हुने सबै चालकको कोरोना परीक्षण गराएर मात्रै सेवामा आबद्ध गराउने भएको हो ।

यो नीति अनुसार बिध ल्याबको सहकार्यमा एपले आइतबारदेखि नै चालकहरुको परीक्षण र एपमा दर्ता गराउन सुरु गर्ने तयारी गरिएको एटेण्ड एपका निर्देशक भण्डारीले जानकारी दिए ।

आफ्ना सेवाग्राहीलाई संक्रमण मुक्त भएको विश्वास दिलाउने एवं सेवामा खटिने राइडरको मनोबल बढोस् भन्ने उद्देश्यले निःशुल्क कोरोना परीक्षण गराउने तयारी गरिएको भण्डारी बताउँछन् । पछि पनि चालकहरुको समयसमयमा यसैगरी निःशुल्क परीक्षण गराइरहने योजना रहेको भण्डारीले बताए ।

सो एपमा जोडिन चाहने राइडरहरुले आइतबारदेखि कुपण्डोलस्थित होटल हिमालयको छेउमा रहेको बिध ल्याबमा सवारी साधनसहित गएर आफ्नो कोरोना परीक्षण गराउन सक्नेछन् ।

सोही ल्याबको प्राङ्गणमा एटेण्ड एपका आधिकारिक व्यक्तिहरुलाई समेत नयाँ सदस्यताको लागि राख्ने र उनीहरुले नै कोरोना परीक्षण भएपछि एटेण्ड एपमा समेत रजिस्ट्रर गर्ने व्यवस्था मिलाइएको भण्डारी बताउँछन् ।

यसरी गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएका चालकको सोही दिनदेखि र पोजिटिभ रिपोर्ट आएका चालकको १४ दिनपछि फेरि परीक्षण गरेर मात्रै एटेण्ड एपमा जोड्ने तयारी रहेको भण्डारी बताउँछन् ।

एटेण्ड एपले जाडो महिनामा कोरोना परीक्षणको जोखिम बढी हुने भएकोले आफ्नो सञ्जाललाई विश्वास गरेर यात्रा गर्ने यात्रु र चालक दुवैको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो योजना ल्याइएको एप व्यवस्थापन पक्षको भनाइ छ । अहिले प्लेस्टोर र एप स्टोरमा गएर एटेण्ड एप डाउनलोड गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment