Comments Add Comment

नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली अनुपस्थित

फाइत तस्वीर

२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् । कोभिड- १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नआएका हुन् ।

यसअघि शनिबार बसेको सचिवालयको बैठकले सबै प्रस्तावमाथि छलफल गरेर पार्टी देखिएको संकटको निकास खोज्ने गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष ओलीले भने प्रचण्डको प्रस्ताव लान्छना पत्र भएको र त्यसमाथि कमिटीमा छलफल हुननसक्ने अडान राखेका थिए । निकास खोज्ने नाममा आफूलाई हटाउन खोजिएको भन्दै उनले महाधिवेशन अगाडि अध्यक्ष र चुनाव अगाडि प्रधानमन्त्री पद नछाड्ने बताएका थिए । स्थायी कमिटी बैठक केका लागि भन्ने प्रश्न गरेका उनले निर्णयमा नोट अफ डिसेन्ट भने नलेखेको नेताहरुले बताए ।

नेताहरका अनुसार आइतबार स्थायी कमिटी सदस्यहरुलाई सचिवालय बैठक माग गर्दै  पाँच नेताले अध्यक्ष ओलीलाई बुझाएको पत्र, त्यसको जवाफमा ओलीले लेखेको पत्र, अर्का अध्यक्ष प्रचण्डले दिएको प्रतिउत्तरका साथै दुवै अध्यक्षको प्रस्ताव वितरण हुनेछ । अध्ययनका लागि भन्दै केही दिन समय दिइनेछ र अनौपचारिक संवादमार्फत सहमति जुटाउने प्रयास पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment