Comments Add Comment

५५ वटा गोरु भारत लैजान खोज्ने ७ जना पक्राउ

२३ मंसिर, बुटवल । रुपन्देही प्रहरीले जिल्लाको देवदह र लुम्बिनीबाट दुई ट्रक गोरु र सातजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई स्थानबाट ५५ वटा गोरु नियन्त्रणमा लिएको हो ।

देवदह नगरपालिका–११ शंकरपुरबाट ना.६ ख.३८६१ नम्बरको ट्रकमा अवैधरुपमा भारततर्फ लैजाँदै गरेको २७ गोटा गोरु, ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा चालक मकवानपुर हाडीखोला गाउँपालिका ७ का ४२ वर्षीय अम्बरबहादुर घिमिरे र सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका-६ का १९ वर्षीय सदिप खान रहेका रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । नियन्त्रणमा लिइएका गोरुलाई पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया चलान गरिएको उनले बताए ।

यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका–५ लोखडियाबाट पुर्वतर्फ लैजाँदै गरेको लु १ ख ९८९५ नम्बरको ट्रकबाट २८ वटा गोरुसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त ट्रकका चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका वर्ष ३२ का गणेशबहादुर सुनार, सोही ठाउँका सहचालक वर्ष १७ का वीरेन्द्र सुनार, नवलपरासी सुनवलका सहचालक वर्ष १७ का भिमबहादुर बिक, कपिलवस्तु सुद्धोधन गाउँपालिका-२ का कामदारहरु ५० वर्षीय इवारत मुसलमान र ३० वर्षीय मिठ्ठु मुसलमानलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रवक्ता थापाले बताए ।

रुपन्देही प्रहरीले केही दिन यता दिनहुँजसो अवैधरुपमा भारततर्फ बिक्रीका लागि लैजान लागेका गोरु नियन्त्रणमा लिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment