Comments Add Comment

एकै प्रकृतिका खेलकुद संघलाई एक हुन निर्देशन

२६ मंसिर, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयबाट गठित विवाद समस्या समाधान तथा सहजीकरण समितिले एउटै प्रकृतिका संघहरुलाई एउटै संस्था बनाएर खेलकुदको विकासमा भूमिका निर्वाह गर्न निर्देशन गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का उपाध्यक्ष शिव कोइराला संयोजक रहेको समितिको मंसिर २५ गते बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो । राखेपमा दर्ता भएका कतिपय संघहरु एउटै प्रकृतिका छन् खेलाइने नियम पनि एउटै छ ।

समितिले आन्तरिक विवादमा रहेका संघलाई पनि यथाशीध्र विवाद सामाधान गरी खेलकुद विकास ऐन २०७७ तथा सम्बन्धित संघको ऐनअनुसार कार्यान्वयनमा आउन निर्देशन गर्न भएको छ ।

संयोजक कोइरालाको अध्यक्षतामा बसेको बैठकले समितिको कार्य संचालन विधि तयार गर्ने निर्णय गरेको छ । संघहरुमा बेला बखत देखिने नितिगत ब्यवस्थापकिय तथा अन्य समस्याहरुलाई दीर्धकालीन रुपमा सामाधान गर्न रणनिति तयार गर्ने निर्णय गरेको छ ।

युवा तथा खेलकुद मन्त्रीस्तरिय निर्णयअनुसार मंसिर २२ गते गठित समितिमा संयोजक कोइरालालगायत ७ सदस्य टिममा सदस्यहरुमा युवा तथा खेलकुद मन्त्रालय,खेलकुद महा शाखा,राखेप सदस्यत्रेय,गोबिन्द भट्टराई,पुरेन्द्रविक्रम लाखे, नन्दा बस्याल,राखेप कानुन शाखा प्रमुख नारयणराज अर्याल र सचिवमा राखेप संघसंस्था प्रमुख ईन्द्रबहादुर कार्की रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment