Comments Add Comment

कर्णालीमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन (फोटो फिचर)

२९ मंंसिर, सुर्खेत । कर्णालीमा सरकारविरुद्ध नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । प्रदेशका दशवटै जिल्लामा एकसाथ सरकारविरुद्व प्रदर्शन सुरू भएको कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानिले जानकारी दिए ।

कांग्रेसले पहिलोपटक सरकारविरुद्ध प्रदर्शन गरेको छ । तनहुँमा नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहारलगायतका घटनाले सर्वसत्तावादको अभ्यासमा सरकार लागेकोले देशैभर प्रदर्शन गर्ने केन्द्रीय सर्कुलर अनुसार कर्णालीमा पनि प्रर्दशन थालेको नेता थानिले बताए ।

कर्णालीका दशवटै जिल्लाहरुमा बढीभन्दा बढी कार्यकर्तालाई प्रदर्शनमा सहभागी गराइएको उनको भनाइ छ । ‘प्रदेशका दशवटै जिल्लाहरुमा दुईदेखि पाँच हजारसम्म कार्यकर्ता विरोध प्रर्दशनमा सहभागी भएको जिल्लास्थित नेताहरुबाट खबर आएको छ,’ उनले भने ।

देशका मुख्य सहर तथा जिल्लाहरुमा पार्टी पदाधिकारी तथा प्रखर वक्ताहरु खटाएको कांग्रेसले कर्णालीमा भने केन्द्रीय नेताहरु खटाएको छैन । कोरोनाका कारण केन्द्रीय नेताहरु कर्णालीमा आउन नसकेको कांग्रेसले बताएको छ ।

केन्द्रीयस्तरका नेताहरु नआए पनि जिल्ला सभापति तथा केन्द्रीय सदस्यहरुले विरोध सभालाई सम्बोधन गरेका छन् ।

प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विरोध प्रदर्शनमा सुर्खेतका पूर्व सभापति तथा  पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट र सुर्खेतका सभापति कमलराज रेग्मीको सहभागीता रहेको थियो ।

हुम्लामा आयोजित प्रदर्शनमा सहभागी कार्यकर्ताहरु ।

हुम्लामा आयोजित विरोध सभालाई केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशसभाका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सम्बोधन गरेका छन् । सरदमुकाम सिमकोटस्थित लोकतन्त्र चोकमा आयोजित विरोध साभालाई केन्द्रीय सदस्य शाहीलगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

त्यस्तै जाजरकोट खलङ्गाको ठाँटीबजार चौतारामा आयोजित विरोधसाभालाई केन्द्रीय सदस्य हृदयराम थानीले सम्बोधन गरेका छन् ।

विरोध प्रदर्शन जिल्ला स्थित सदरमुकाम केन्द्रित गरिएको छ । जसमध्ये दैलेखको टुँडीखेल, जुम्लाको कृष्ण मन्दिर चोक, मुगुको कष्णचोक, मुगुको वीरेन्द्रचोक, सल्यानको बसपार्क चोक र रुकुम पश्चिमको मालमन्दिर चोकमा बिरोध सभाको आयोजना गरिएको कांग्रेसले जनाएको छ ।

जाजरकोटमा आयोजित विरोध प्रदर्शन ।
हुम्लामा आयोजित प्रदर्शनमा सहभागी हुँदै कार्यकर्ताहरु ।

 

कर्णाालीको प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदर्शन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment