Comments Add Comment

पर्सा र बाराका विद्यालय सरसफाइमा साढे १९ लाख लगानी

२९ मंसिर, वीरगञ्ज । कोभिड महामारीको समयमा युनिसेफले पर्सा र बारा जिल्लाका विभिन्न विद्यालयको सरसफाइका लागि १९ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ । क्वारेन्टिन तथा आइसोलेसन सेन्टर सञ्चालन गरिएका विद्यालयको सरसफाइका लागि उक्त रकम लगानी गरिएको हो ।

विद्यालयका शौचालयमा मोटर, ट्याङ्की सहित धारा तथा बेसिन जडान गर्न, रंगरोगन गर्न, हात धुने ठाउँको व्यवस्था मिलाउन तथा वाससँग जोडिएर विद्यालयमा आवश्यक सहयोग गरिएको सहजीकरण गर्ने संस्था जनजागरण युवा क्बल (जेजेवाईसी) बाराले जनाएको छ ।

पर्साको पकहामैनपुर, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी र वीरगञ्ज स्थित त्रिजुद्ध माविमा शौचालयमा पानीको प्रबन्ध मिलाउने लगायत सरसफाइसँग सम्बन्धी काम गरिएको ईन्जिनियर मोहम्मद समरुद्दिनले जानकारी दिए ।

त्यसैगरी युनिसेफकै सहयोगमा संस्थाले कोरोना संक्रमणबाट बच्न विभिन्न स्थानमा हात धुने मेसिन समेत जडान गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेल, जिल्ला समन्वय समिति पर्सा, माईस्थान, यातायात कार्यालय, सशस्त्र प्रहरी बलको कार्यालयमा हात धुने मेसिन जडान गरिएको हो ।

पानी ट्याङ्की सहितको मेसिनमा खुट्टाले धारा खोल्न र बन्द गर्न सकिन्छ । मानिसहरुको बढी भिडभाड हुने क्षेत्रमा हात धुनका लागि ‘ह्यान्ड वासिङ मेसिन’ जडान गरिएको जेजेवाईसीले जनाएको छ । सार्वजनिक स्थानमा हात धुने मेसिन राख्दा संरक्षण हुन नसकेको उनीहरुको अनुभव छ ।

संस्थाले पर्साको पकाहामैनपुर स्थित राम चरित्र भगत उच्च माविमा गरेको कामको सोमबार अनुगमन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment