Comments Add Comment

बालोन डे ओर ड्रिम टिम घोषणा

३० मंसिर, काठमाडौं । बालोन डे ओर अवार्ड हरेक वर्ष प्रदान गर्दै आएको फ्रान्स फुटबल म्यागाजिनले यस पटक बालोन डे ओर ड्रिम टिम घोषणा गरेको छ ।

कोरोना महामारीले गर्दा बालोन डे ओर अवार्ड गर्न असफल भएपछि फ्रान्स फुटबलले विश्वभरका १४० पत्रकारहरुले गरको अनलाइन भोटिङको आधारमा बालोन डे ओर ड्रिम टिमको सूची सार्वजनिक गरेको हो । जसमा फुटबलमा सुपरस्टारहरु पेले, म्याराडोनादेखि मेसी रोनाल्डोसम्म परेका छन् ।

म्यागजिनले ३-४-३ को फर्मेसनमा बेस्ट ११ छनोट गर्न आह्वान गरेको थियो । जसबाट ड्रिम टिम सार्वजनिक भएपछि यसबारे बहस नै सुरु भइसकेको छ ।

फ्रान्स फुटबलले सार्वजनिक गरेको ड्रिम टिमम गोलकिपरमा रियन लेभ यासिन छन् भने डिफेण्डरमा इटालियन लेजेण्ड पाउलो माल्दिनी, जर्मन फ्रेन्ज बेकनबाउर र ब्राजिलियन काफु छन् ।

यस्तै डिफेन्सिभ मिडफिल्डमा स्पेनका जाभी र जर्मन लोथार म्याथ्युज छन् भने विश्व फुटबलमा दुई महान खेलाडी पेले र डिएगो म्याराडोना अट्याकिङ मिडफिल्डरको रुपमा छन् ।

यस्तै वर्तमान विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीसंगै ब्राजिलियन रोनाल्डो नाजारियो फरवार्डमा छन् ।

स्पेनका जाभी जर्मनीका लोथार जस्ता खेलाडी ड्रिम टिममा अटाएपछि यसबारे बहस सुरु भयो । त्यसपछि फ्रान्स फुटबलले फ्यानहरुलाई समेत भोट गर्न दिँदै अर्को टिम छनोट गर्‍यो । जसमा तीन खेलाडी परिवर्तन भए । इटालियन लेजेण्ड गोलकिपर जियानलुजी बफोन, फ्रेन्च लेजेण्ड जिनेदिन जिदान र इटालियन मिडफिल्डर आन्द्रे पिर्लो फ्यानको टिममा पर्न सफल भए । बाँकी ८ खेलाडी यथावत रहे ।

फ्यानको ऐट अनुसार यासिनको स्थानमा बफोन, लोथारको स्थानमा पिर्लो र पेलेको स्थानमा जिदानले स्थान पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment