Comments Add Comment

मेयरको तलबको रकमबाट ४३ जनालाई छात्रवृत्ति

३० मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो सेवा–सुविधा बापत पाउने रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

नगर प्रमुख घिमिरेले निर्वाचित भएपछि घोषणा गरेअनुसार चालु शैक्षिक सत्रमा ४३ वटा सामुदायिक विद्यालयका ४३ जना विद्यार्थीलाई मंगलबार छात्रवृत्ति प्रदान गरेका हुन् ।
यसवर्ष छात्रवृत्तिको लागि छनोट भएका १ देखि ८ कक्षासम्मका विद्यार्थीलाई जनही ५ हजार र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई ७ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम बांडिएको हो ।

छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउन नगरपालिकाले कार्यविधि बनाई छनौट तथा व्यवस्थापन समिति गठन गरेको छ । हाल सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिसको आधारमा जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

छात्रवृत्तिलाई दिगो बनाउन कार्यविधिअनुसार कोषको समेत व्यवस्था मिलाइएको शिक्षा शाखा अधिकृत शारदा भट्टराईले जानकारी दिइन् । उनका अनुसार यो वर्ष छात्रवृत्तिमा २ लाख ४३ हजार खर्च भएको छ भने १ लाख ७१ हजार रुपैयाँ कोषमा जम्मा गरिएको छ ।

छात्रवृत्ति वितरण कार्यक्रममा नगर प्रमुख घिमिरेले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न आफूलाई प्राप्त हुने पारिश्रमिक रकमबाट नगरका सबै सामुदायिक विद्यालयका एक÷एक जना जना विद्यार्थीलाई छात्रवृत्तिको रुपमा उपलब्ध गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment