Comments Add Comment

५१ वर्षपछि बल्ल डिकोड गरियो खुंखार हत्याराको सन्देश

काठमाडौं । सन् १९६० देखि १९७० को दशकमा अमेरिकामा एक सिरियल किलरले निकै आतंक मच्चायो । सो व्यक्तिले ग्रह तथा तारायुक्त शब्दको प्रयोग गरेर तयार पारेको एक रहस्यमय सन्देश ५१ वर्षपछि बल्ल डिकोड भएको छ ।

७० को देशकमा त्यो व्यक्ति अमेरिकाको सन फ्रान्सिस्कोमा आतंकको पर्याय बनेको थियो । त्यो व्यक्तिलाई प्रहरीले कहिल्यै पनि पक्रिन सकेन । उसले करीब ३७ जना व्यक्तिको हत्या गरेको थियो ।

मिडिया तथा पुलिसलाई पठाइएको उक्त पजलमा रहेको सन्देश बल्ल आएर डिकोड गरिएको छ । त्यो व्यक्तिले ज्योतिषीय प्रतीक तथा सन्दर्भहरु प्रयोग गरेर पुलिस तथा मिडियाहरुलाई चुनौति दिने गर्दथ्यो ताकि उसको आतंक मानिसहरु बीचमा फैलियोस् र पूरै देशमा सबैभन्दा चर्चित बनियोस् ।

अमेरिकी क्रिप्टोग्राफर डेभिड ओरान्चक, बेल्जियमका सफ्टवेयर इन्जिनियर जारलवान अनि अस्ट्रेलियाली सफ्टवेयर इन्जिनियर सेम ब्लाकको टिमले त्यो व्यक्तिले उक्त सन्देश डिकोड गर्न सफल भएका छन् ।

जस अनुसार हत्याराको सन्देशमा लेखिएको रहेछ, ‘तिमीहरुले मलाई पक्रिने प्रयासमा निकै मस्ती गरिरहेका छौ । टिभी शोमा जुन हत्याराको कुरा भैरहेको छ त्यो म होइन र मलाई ग्यास च्याम्बरदेखि डलर लाग्दैन किनकी त्यसले मलाई तुरुन्तै स्वर्ग पुराइदिनेछ ।’

स्मरण रहोस् लाखौँ कोसिसका बाबजद पुलिसले उक्त हत्यारालाई भेट्टाउन सकेको थिएन । उसलाई पक्राउ गर्ने ध्याउन्नमा प्रहरीले कैयन् संदिग्ध मानिसहरुको इन्काउन्टर समेत गरेको थियो । तर हत्याराचाहिँ पुलिसको पञ्जामा पर्नबाट जोगिइरह्यो ।

प्रहरीले त्यसबेला जब हत्यारालाई फेला पार्न सकेन तब हत्यारा केवल एकजना नभएर दुईजना भएको आशंका गरिएको थियो । जाँच एजेन्सीहरुलाई गुमराहमा राख्नका लागि उक्त हत्याराले ज्योतिष भाषाको प्रयोग गरेर पुलिसलाई सन्देश पठाउँदथ्यो र सधै पुलिसको मजाक उडाउँथ्यो । तर विडम्बना त्यो हत्याराको नाम के थियो र ऊ कस्तो व्यक्ति थियो भन्ने कहिल्यै पनि सार्वजनिक हुन पाएन ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment