Comments Add Comment

जीवित सुनगोहोरो र चितुवाको टाउकोसहित दुई जना पक्राउ

१ पुस, काठमाडौं । काठमाडौंको टोखाबाट संरक्षित जन्तु सुनगोहोरो र चितुवाको टाउको (आखेटोपहार)सहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको कानेपोखरी नगरपालिका(१ का ४१ वर्षीय भेषबहादुर थापा र तेह्रथुमको लालिगुराँस नगरपालिका( ४ का ४६ वर्षीय डिल्लीमान पौडेल रहेका छन् ।

वन्यजन्तुको आखेटोपहार एवं जीवित सुनगोहोरोको अवैध ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले थापा र पौडेललाई टोखा नगरपालिका-२ चण्डेश्वरीबाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरुको साथबाट जीवितै अवस्थामा रहेको ८ वटा सुनगोहोरो र चितुवाको टाउको एक थान बरामद भएको व्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए ।

दुवै जनालाई बरामद गरिएका सुनगोहोरो र चितुवाको टाउकोसहित आवश्यक कारबाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बुढानिलकण्ठ, काठमाण्डौमा बुझाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment