Comments Add Comment

सुरेश आचार्यको गीति संग्रह ‘तिम्रो प्रेरणाले’

नेपाल सरकारका सचिव सुरेश आचार्यको गीति संग्रह ‘तिम्रो प्रेरणाले’ सार्वजनिक भएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजित एक विशेष समारोहवीच गीतिसंग्रह सार्वजनिक भएको हो । गीति संग्रहमा ७ वटा गीत समावेश गरिएको छ । यसमा विपिन घिमिरेले संगीत दिएका छन् । नरेन्द्र प्यासी, सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रमोद खरेल, विपिन घिमिरे, अन्जु पन्त र अस्मिता अधिकारीले विभिन्न गीतमा आफ्ना आवाज दिएका छन् ।

उक्त गीति संग्रह संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले विमोचन गरे । कार्यक्रममा गीत एवं म्युजिक भिडियो पनि प्रस्तुत गरिए ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले पठाएका शुभकामना मन्तव्य वाचन गरेर सुनाइएको थियो । सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, संगीत नाट्य एकेडेमीका कुलपति नारायणभक्त श्रेष्ठ, गीतकार संघका अध्यक्ष चुडामणी देबकोटा, संगीतकार टीका भण्डारी, गायक प्रमोद खरेलले मन्तव्य राखेका थिए । पूर्वमन्त्री एवं गीतकार एसपी कोइराला र पूर्व मूख्य सचिव एवं गीतकार बिमल कोइरालाले गीतमाथि टिप्पणी गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment