Comments Add Comment

मानव विकास सूचकांकमा नेपाल ५ स्थान माथि उक्लियो

१ पुस, काठमाडौं । विश्वव्यापी मानव विकास सूचकांकमा नेपालले पाँच स्थान सुधार गरेको छ । विश्वव्यापी मानव विकास सूचकांक प्रतिवेदन २०२०का अनुसार नेपाल १ सय ४२ औं स्थानमा उक्लिएको छ । यसअघि १४७औं स्थानमा रहेको नेपाल यस वर्ष १ सय ८९ देशमध्ये १ सय ४२ औं स्थानमा उक्लिएको हो ।

नेपालभन्दा पछि ४७ वटा देश छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीलेे नेपालको मानव विकास सूचकांकको अवस्था मध्यम रहेको बताएको छ ।

दक्षिण एसिया नेपाल छैठौं स्थानमा छन् । पहिलो स्थानमा श्रीलंका छ भने दोस्रोमा माल्दिभ्स, तेस्रोमा भुटान, चौैथोमा भारत र पाँचौंमा बंगलादेश छन् । पाकिस्तान र अफगापनस्तान नेपालभन्दा पछि छन् । दक्षिण एसियमा पहिलो स्थानमा रहेको श्रीलंका ७२औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment