Comments Add Comment

वायन रुनीका छोरा युनाइटेडमा अनुबन्धित

३ पुस, काठमाडौं । इंग्ल्याण्ड र म्यानचेष्टर युनाइटेडका पूर्व कप्तान वायन रुनीका छोरा आफ्नो बुबाको फुटसेटप्स पछ्याउँदै म्यानचेष्टर युनाइटेडमा अनुबन्ध भएका छन् ।

रुनीका छोरा ११ वर्षीय काईले आफ्नो बुबा र आमा कोलिनका साथ ओल्ड ट्राफोर्ड क्लबसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

राएन रुनीले सन् २००४ देखि २०१७ सम्म युनाइटेडमा खेलेका थिए । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘गर्वको दिन युनाइटेडका लागि काईको सम्झौता । कडा मेहनत गजारी राख छोरा ।’

काईले आफ्नो बुबाले लगाएको युनाइटेडको १० नम्बरको जर्सी समेत देखाएका थिए ।

इंग्ल्याण्डका पूर्व कप्तान रुनीले युनाइटेडका लागि सर्वाधिक गोल समेत गरेका छन् । उनले ५५९ खेलमा २५३ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment