Comments Add Comment

गुल्मीमा अटो दुर्घटना : थप एक जनाको मृत्यु

४ पुस, गुल्मी । गुल्मीमा गएराति भएको अटो दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । यससँगै मृतृकको संख्या २ पुगेको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रेसुङ्गा नगरपालिका वडानम्बर-२ का १८ बर्षका सुरज बिकको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज, प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर-१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा चालक रेसुङ्गा नगरपालिका वडानम्बर-१२ घर भएका तेजबहादुर रानाको गएराती मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment