Comments Add Comment

राष्ट्रपतिलाई अनावश्यक विवादमा ल्याउन खोजियो : सल्लाहकार यादव

४ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई अनावश्यक ढङ्गले विवादमा ल्याउने काम भइरहेको उनका सल्लाहकारले बताएका छन् । सरकारले ल्याएको पछिल्लो अध्यादेशको विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउन खोज्नु संविधानको बर्खिलाफ भएको उनका सल्लाहकार लालबाबु यादवले बताएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा आएको अध्यादेशलाई राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था भए बमोजिम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेको उनले बताए । ‘राष्ट्रपति व्यक्ति नभएर निर्विवादित संस्था हो’ उनले भने, ‘यो संस्थाको गरिमा जोगाउन नसके संविधान कमजोर बन्न सक्छ ।’

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८३ सांसदले हस्ताक्षरसहित संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै पेश गरेको निवेदनलाई राष्ट्रपतिले स्वीकृत नगरेको भन्नेमा कुनै सत्यता नभएको समेत सल्लाहकार यादवले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment