Comments Add Comment

रकम जम्मा गरेपछि अन्नपूर्ण उद्योगको चिनी बेच्न अनुमति

५ पुस, सर्लाही । आपूर्तिकर्ताले प्रशासन नियन्त्रित अन्नपूर्ण चिनी उद्योगको खातामा रकम जम्मा गरेपछि चिनी बेच्न अनुमति दिइएको छ । खातामा जम्मा भएको रकम उखु किसानलाई वितरण गरिने छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनुमति दिएपछि शनिबार धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगको गोदाममा राखिएको चिनी बेच्न लगिएको छ ।

यो उद्योग पछिल्लो दुई वर्षदेखि बन्द छ । उखु किसानको १७ करोड रुपैयाँ दिन नसकेपछि जिल्ला प्रशासन कार्यालयले सन्चालक राकेश अग्रवालविरुद्ध पक्राउ आदेश जारी गरिसकेको छ ।

यो उद्योगको गोदाममा रहेको चिनी किन्न आपूर्तिकर्ताले आफूहरुको नियन्त्रणमा रहेको उद्योगको खातामा रकम जम्मा गरेपछि चिनी झिक्न दिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार आपूर्तिकर्ताले बैंक खातामा पहिलो लटमा १ करोड ५७ लाख र दोस्रो लटमा ८१ लाख जम्मा गरेका छन् ।

जम्मा भएको रकम अनुसार ६८ रूपैयाँ प्रतिकिलोको हिसाबले चिनी प्रहरीको उपस्थितिमा लोड गर्न दिइएको प्रजिअ पौडेलले बताए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले खातामा जम्मा भएको रकम उखु किसानलाई वितरण गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment