Comments Add Comment

दीपकराज लेख्छन्–‘दुई तिहाई पनि दुई तुहाई भो’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने प्रस्ताव ल्याएसँगै नेपाली राजनीति तरंगीत भएको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रधानमन्त्रीको यो कदमलाई विभिन्न कोणबाट विश्लेषण गरिरहेका छन् ।
नेपाली चलचित्रका केही कलाकारहरुले पनि प्रधानमन्त्रीको कदमले निराशा उत्पन्न भएको बताएका छन् ।

कुनै पनि बिषयमा सामाजिक संजालमा आफ्नो खरो टिप्पणी गर्न अगाडि रहेका कलाकार दीपकराज गिरीले दुई तिहाइ पनि दुइ तुहाई भो भनेर प्रतिक्रिया दिएका छन् । उनले, ५ बर्षे सरकार नदेखि मरिएला जस्तो छ भनेर पनि उल्लेख गरेका छन् ।

लामो समयदेखि कोरोनाका कारण शुन्य जस्तै रहेको चलचित्र क्षेत्र फेरि उठ्ने प्रयास गरेको थियो । तर, देशको अस्थिर राजनीतिले यो क्षेत्रलाई पनि प्रभाव पार्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment