Comments Add Comment

एकै चरणमा चुनाव गराउन प्रधानमन्त्रीलाई निर्वाचन आयोगको सुझाव

५ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निर्वाचन आयोगका पदाधिकारीलाई बालुवाटार बोलाएका थिए ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते सरकारले मध्यावधि निर्वाचन गर्ने प्रस्ताव गरेको जानकारी गराएका थिए । आयोगका पदाधिकारीले भने आर्थिक मितव्ययीता र व्यवस्थापकीय सहजताका लागि एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने राय दिएका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘सरकारले दुई चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको छ, तर आयोगका तर्फबाट माननीयज्यूहरुले आर्थिक मितव्ययीता र व्यवस्थापकीय सहजताका लागि एकै चरणमा निर्वाचन गर्न सहज हुने राय दिनुभएको छ’ उनले भने ।

प्रधानमन्त्रीसँगको छलफलमा प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरु नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेल पनि सहभागी थिए ।

आयोगले सरकारले प्रस्ताव गरेको समयमा निर्वाचन सम्पन्न गर्न कठिन नहुने पनि बताएको छ । ‘हामीलाई निर्वाचनको तयारी गर्न १२० दिन समय भए पुग्छ, वैशाखमा निर्वाचन गर्न पर्याप्त समय छ’ प्रवक्ता श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment