Comments Add Comment

कलैयाबाट ५ जुवाडे पक्राउ

७ पुस, वीरगञ्ज । बाराको कलैयाबाट जुवा खेल्दै गरेको अवस्थामा ५ जना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका–२५ बस्ने ४० वर्षीय भोला पटेल, वडा नम्बर १ बस्ने ३९ वर्षीय सुरेन्द्र साह सोनार, वडा नम्बर ६ बस्ने ४५ वर्षीय राजकिशोर साह, वडा नम्बर २७ बस्ने २७ वर्षीय मन्तोष राउत कुर्मी, महागढीमाई नगरपालिका–१ बस्ने ५५ वर्षीय पारस चौधरी पक्राउ परेका हुन् ।

कलैया–४ हजारी मार्केट स्थित साह गेष्ट हाउसमा जुवाको खाल बनाई बाजी थापी जुवा कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा सोमबार राति प्रहरीले छापामारी गरेको थियो ।
गेष्ट हाउसको २०२ नम्बर कोठाभित्र कौडा खेलिरहेको अवस्थामा ३ लाख १४ हजार ३ सय ५७ रुपैयाँ र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment