Comments Add Comment

बादलबारे प्रचण्डको टिप्पणी : झुक्किएर उता पुग्नुभएको होला, यता आउनुहुन्छ

१० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादल झुक्किएर ओली समूहमा पुगेको हुनसक्ने टिप्पणी गरेका छन् ।

संसद भंग भएको दुई दिनपछि ओली र प्रचण्ड–माधव समूहले बोलाएको छुट्टा छुट्टै केन्द्रीय कमिटीको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित भएका थिए । तर बिहीबार केपी शर्मा ओलीलाई साथ दिन पुगे । ओली समूहको बैठकलाई सम्बोधन गर्दै उनले मध्यावधि निर्वाचन अग्रगमन र संसद पुनस्र्थापनाको माग पश्चगमन भएको बताएका थिए ।

यसबारे सोधिएको प्रश्नमा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले कता जाने भन्ने व्यक्तिको विवेक भएको बताए । तर बादलले गरेको भाषण सुन्दा ‘यता आउन तयार पारेको भाषण उता गर्नु भएछ’ भन्ने जस्तो लागेको बताए । उनले अघि भने, झुक्किएर उता पुग्नु भएको होला, उहाँ यता आउनुहुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment