Comments Add Comment

खुमलटारमा वामदेवले भने-संसद विघटनको विपक्षमै छु

११ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र नेपाल-प्रचण्ड समूहका अध्यक्ष पुस्पकमल दाहा प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रचण्डले उपाध्यक्ष गौतमलाई शनिबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन् । संसद विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको खुमलटार स्रोतले बताएको छ ।

भेटवार्तामा उपाध्यक्ष गौमले आफू संसद विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने बताएका थिए । तर जसरी भए पनि पार्टी एकतालाई कायम राख्नु पर्ने उनले बताएको स्रोतको भनाइ छ ।

संसद विघटनसँगै नेकपामा स‌कट देखिएपछि गौतम तटस्थ छन् । सचिवालयका सबै नेताको कित्ता प्रष्ट भैसके पनि वामदेव गौतम भने कतै देखिएका छैनन् तर संसद विघटनको भने विरोध गरिरहेका छन्।

भेटमा प्रचण्ड-माधव समूहका अन्य नेताहरु पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment