Comments Add Comment

यो हो संसारकै ठूलो कागती, वजन अढाई किलो !

छिमेकी मुलुक भारतमा एकजना किसानले खरबुजा जत्रै कागती फलाएका छन् । भारतको हरियाणा प्रान्तस्थित हिसार जिल्लामा पर्ने किशनगढका किसान विजेन्द्र थोरीले आफ्नो खेतमा फलाएको कागतीको वजन साढे २ किलो छ ।

उक्त भिमकाय कागती हेर्नका लागि मानिसहरु टाढा टाढाबाट आउने गरेका छन् र सेल्फी लिने गरेका छन् ।

उनको खेतमा रहेका कागतीका बोटमा फलेका सबैजसो कागतीहरुको आकार यस्तै छ । मानिसहरु त्यो दृष्य हेर्दा हैरान हुन्छन् । विजेन्द्र पनि आफ्नो खेतमा यति ठूला कागती फल्लान् भनेर आफूले कल्पना नै नगरेको बताउँछन् ।

विजेन्द्रका अनुसार उनले केही वर्षअघि पञ्जाबबाट जुनार जातको फलका विरुवा ल्याएर आफ्नो खेतमा रोपेका थिए । त्यसपछि उनले विभिन्न समयमा मौसम तथा कागतीका विरुवा पनि ल्याएर रोपे । जब उनको खेतका कागती फल्न थाले, तब फल आकार अस्वभाविक रहेको छ ।

विजेन्द्र अब आफ्नो बारीमा फलेको अढाई किलोका कागतीलाई गिनिज बुकमा दर्ज गराउने निर्णयमा पुगेका छन् । सायद, उनले फलाएको कागतीले विश्वकै सबैभन्दा ठूलो कागतीको गेडाको रुपमा किर्तिमान कायम गर्छ नै होला । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment