Comments Add Comment

विधान संशोधनबारे ए डिभिजन क्लबसंग एन्फाको छलफल

२० पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विधान संशोधनका लागि ए डिभिजन क्लबहरुसँग छलफल गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाले ए डिभिजन क्लबका प्रतिनिधिसँग छलफल गरेको हो ।

एन्फा प्रवक्तासमेत रहेका विधान संशोधन मस्यौदा समितिका संयोजक किरण राईको अध्यक्षतामा क्लबसंग छलफल भएको एन्फाले जनाएको छ । छलफलमा एन्फा महासचिव इन्द्रमान तुलाधर र एन्फा कार्यकारी समितिका सदस्य मधुसुदन उपाध्याय समेत सहभागी थिए ।

यस्तै एन्फा अन्तर्गतका चार संघहरु महिला संघ, रेफ्री संघ, खेलाडी संघ र प्रशिक्षक संघका पदाधिकारीसमेत छलफलमा उपस्थित थिए ।

क्लबका प्रतिनिधिहरुले छलफलमा आ आफ्नो धारणा राखेका थिए ।

एन्फाले विधान संशोधनका यसअघि नै प्रदेश १, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र प्रदेश २ का जिल्ला फुटबल संघहरुसंग छलफल गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment