Comments Add Comment

संविधानमा संसद विघटनको परिकल्पना समेत गरिएको छैन : गगन थापा

फाइल तस्वीर

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संविधानमा संसद विघटनको परिकल्पना समेत नगरिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार भक्तपुरमा आयोजित विरोध सभामा बोल्दै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर अनाधिकृत काम गरेको बताए । संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुरा कहीँकतै नलेखेको भन्दै उनले प्रधानमन्त्रीको कदम असंवैधानिक र अनाधिकृत रहेको बताए ।

प्रधानमन्त्रीको कदम असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी भएकाले कांग्रेस विरोधमा उत्रिएको नेता थापाको भनाइ छ । सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाव सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment